११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ पुग्यो



काठमाण्डौ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्।

गत २४ घण्टामा भएका संक्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेका छन्। तीमध्ये पनि ७६६ जना निको भएका छन्। सोही अवधिमा थप १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० छ। अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०।४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना संक्रमण निको भएका छन् ।

प्रकाशित मिति : २० पुस २०७८ मंगलबार ००:००  १२ : ४७ बजे