७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

त्रिवि र विद्यार्थी संघसंगठनबीच ४ बुँदे सहमति



काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत विद्यार्थी संघसंगठनबीच चार बुँदे सहमति भएको छ।

यससँगै मंसिर १६ गतेदेखि त्रिविमा लागेको ताला सोमबारदेखि खुलेको छ।त्रिवि वार्ता समिति र आन्दोलनरत ६ विद्यार्थी संगठनबीच सोमबार चार बुँदे सहमति भएको थियो।

जसमध्ये आन्दोलनरत विद्यार्थीले त्रिविको केन्द्रीय कार्यालयमा लगाइएको सबै ताला खोलेर आन्दोलनका कार्यक्रम फिर्ता लिने बुँदा पनि समेटिएको छ।

साथै त्रिविले मंसिर १४ मा आन्तरिक खुला प्रतियोगिताबाट पदपूर्ति गर्न गरिएको निर्णयको सम्पूर्ण प्रक्रिया हाललाई कार्यान्वयन नगर्ने सहमति पनि भएको छ।

त्रिविमा रिक्त दरबन्दीमा समावेशी सिद्धान्तका आधारमा प्रत्येक छरछ महिनामा खुला विज्ञापन गरी पदपूर्ति गर्ने विषय पनि समावेश भएको छ।

साथै त्रिविमा दर्ता सबै विद्यार्थी संघसंगठनहरूसँग आवश्यक छलफल गरी स्ववियू निर्वाचन अगाडि बढाउने सहमति पनि भएको छ।

त्रिवि वार्ता समिति र नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं र अखिल क्रान्तिकारी बीच छलफल भएको थियो ।

प्रकाशित मिति : २० पुस २०७८ मंगलबार ००:००  २ : ०५ बजे