७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वरेण्टीन अनिवार्य



एजेन्सी ।

भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ।

भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ।

भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेको छ । विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म तीन करोड ५२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८ शनिबार ००:००  ७ : १५ बजे