१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भारतमा एक लाख ५९ हजारभन्दा बढी कोरोना सङ्क्रमित



एजेन्सी ।


भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। योसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन्।

हाल यहाँ ३ हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले आइतबार जानकारी दिएको छ। ओमिक्रोनका ती सङ्क्रमितमा १ हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ५ लाख ९० हजार ६११ रहेका छन्। गत २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन्।

योसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६।९८ प्रतिशत रहेको जनाइएको छ।

सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ लाख ८३ हजार ७९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। त्यस वेलादेखि हालसम्म १ अर्ब ५१ करोड ५७ लाख ६० हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति : २५ पुस २०७८ आइतबार ००:००  २ : १९ बजे