८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ



कञ्चनपुर ।

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका १६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्।

भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार महिलाले आरोप लगाएको प्रहरीले बताएको छ। पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

अदातलबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  १ : ५५ बजे