६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आवर विज्डम आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु



मनोज थापा, बैरीया ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगंगा १ मा रहेको आवर विज्डम आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताहको उद्धघाटन बिध्यालयका प्राचार्य नारायण शर्माले गर्नु भएको थियो । उद्धघाटन सत्रमा बोल्दै बिद्यालयका शिक्षक तारा प्रसाद पाण्डेले खेलले बिद्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य रहेको बताउनु भएको थियो ।

खेलकुद सप्ताह अन्तर्गत कपर्दी, भलिबल, फुटबल, क्रिकेट, १०० र ४०० मिटर दौड, रिले, हाई जम्प, लङ जम्प, स्पोन रेस, म्याथ रेस, म्युजिकल चेयर, ब्यालुन व्लास्ट लगाएतका खेल खेलाईने बिद्यालयका शिक्षक सुन्दर घिमिरेले बताउनु भएको छ । खेलकुद सप्ताहमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई सहभागि गराइएको छ ।

आवर विज्डम आवासीय माध्यमिक विद्यालयमा भएको खेल सप्ताहमा आज (सोमबार) पहिलो दिन चार खेल सम्पन्न भएका छन् । आज भएको खेलमा कपर्दी, ५० मिटर दौड, १०० मिटर दौड, ४०० मिटर दौड, क्रिकेट, म्युजिकल चेयर लगाएतका खेल सम्पन्न भएका छन् ।
जसमा ५० मिटर दौडमा कक्षा तीनबाट जीवन छहरी, रीना थारु प्रथम, रोशन अधिकारी, रोजिशा थारु द्धितीय र मोहित थारु, आशिका थारु तृतिय भएका छन् । त्यस्तै सोहि खेलमा कक्षा दुईबाट दिपेश क्षेत्री, सिम्रन थारु प्रथम, सिद्धान्त भट्टराई, रोनिशा न्यौपाने द्धितीय र विज्ञान वि.सी, अंकिता बेल्बासे र एलिशा वि. सी तृतिय भएका छन् । त्यस्तै सोही खेल अन्तर्गत कक्षा एकबाट मनसुन रानाभाट, तनुजा थारु प्रथम, एलेक्स थारु, जेसिका घिमिरे द्धितीय र सरोज खनाल, लिस्याङ पुन र सामना खनाल तृतिय भएका छन् ।


त्यस्तै कक्षा पाँचबाट १०० मिटर दौडमा सौरभ घिमिरे, ग्रीष्मा आचार्य प्रथम, आदर्श थारु, मोनालिशा भण्डारी द्धितीय र सुसान्त पन्थी, सम्राट, विपना घर्ति मगर तृतिय भएका छन भने सोही खेल कक्षा चारबाट साजन रेग्मी, श्रीसा थारु प्रथम, दिप्सन पुन, अनुष्का बेल्बासे द्धितीय र सोनिक पाण्डे, मिसन घिमिरे र महिमा घिमिरे, अनुसा पाण्डे तृतिय भएका छन् ।

यस्तै कक्षा छबाट १०० मिटर दौडमा राजन थारु, सुस्मिता वि.सी प्रथम, दिक्षान्त अधिकारी, रोजिना खनाल द्धितिय र राम थारु, आयुषा खनाल तृतिय भएका छन् भने सोहि खेलमा कक्षा सातबाट गौरब राना, अनिशा थारु प्रथम, आर्यन पुन, कृष्टि अधिकारी द्धितीय र भिजन थापा, सागर थापा, रोस्नी थापाले तृतिय स्थान हासिल गरेका छन् । यस्तै सोही खेलमा कक्षा आठबाट सम्पन्न ज्ञवाली, ललिता थारु प्रथम, दिवश कार्की, सफ्रिना न्यौपाने द्धितिय र आशिष बस्याल, भुमिका राष्कोटी तृतिय भएका छन् भने सोहि खेलमा कक्षा नौबाट कृष क्षेत्री, प्रश्ना पाण्डे प्रथम, शिशिर थापा, मेजिना श्रीस द्धितिय र अमृत, उषा थापा तृतिय भएका छन् । यस्तै १०० मिटर दौडमा कक्षा दशबाट तोया बहादुर बैदवार, विदुशी पौडेल प्रथम, वसन्त पौडेल, सन्जु पन्थी द्धितिय र प्रेम थापा, पवन भण्डारी, आकृति न्यौपाने तृतिय भएका छन् ।

यस्तै ४०० मिटर दौडमा कक्षा छबाट राम थारु, सुस्मिता वि.सी. प्रथम, किरण थापा, दिपिका अधिकारी द्धितिय र रोशन खनाल, रोजिना खनाल तृतीय भएका छन् । यस्तै सोहि खेलमा कक्षा सातबाट गौरब राना, अनिशा थारु प्रथम, भिजन थापा, रोस्नी थापा द्धितिय र आदर्श खनाल, कृष्टि अधिकारी तृतीय भएका छन् । यस्तै ४०० मिटर दौडमा कक्षा आठबाट प्रविन थारु, ललिता थारु प्रथम, सम्पन्न ज्ञवाली, सफ्रिना न्यौपाने द्धितिय र मिलन हिस्की, गोदावरी थारु तृतिय भएका छन् । यस्तै सोहि खेलमा कक्षा नौबाट शिशिर थापा, प्रश्ना पाण्डे प्रथम, प्रेम थापा, मेजिना श्रीस द्धितिय र बादल थापा, जेनिसा थापा तृतिय भएका छन् भने यता कक्षा दशबाट बसन्त पौडेल, विदुशी पौडेल प्रथम, तोया बहादुर बैदवार, रोश्नी कशौधन द्धितिय र प्रेम शर्मा, आकृति न्यौपानेले तृतिय स्थान प्राप्त गरेका छन् ।

यस्तै छात्रा तर्पmको कवड्डी खेलमा विदुषी पौडेलको कप्तानीमा रहेको रेड हाउसले दीपा थापा कप्तानी रहेको ह्बाइट हाउसलाई (३०–१५) को स्कोरमा पराजित गरेको छ भने समय अभावका कारणले गर्दा क्रिकेटको फाइनल आज नभएको एम्पायर शिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  ७ : ०९ बजे