१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लुम्बिनीलाई हराउँदै वाग्मतीको विजयी सुरुवात



काठमाण्डौ ।

वाग्मती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आज सोमवार भएको खेलमा एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव ४ ओभरमा ६५ रनमै समेटियो । कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । वाग्मतीका लागि नन्दन यादवले तीन विकेट लिए । यस्तै रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुईरदुई विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । वाग्मतीका लागि सुवास खुकुरेलले ५१ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुईरदुई विकेट हात पारे ।
प्रतियोगितामा भोलि मङ्गलवार पनि चार खेल हुनेछन् । मुलपानी र कीर्तिपुर मैदानमा गरी दुईरदुई खेल हुनेछन् ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  ७ : २९ बजे