८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुपन्देहीका पूर्व घोषित सबै मेला महोत्सव स्थगित



बुटवल ।

रुपन्देहीका पूर्व घोषित सबै मेला महोत्सव स्थगित हुने भएका छन् । कोरोना महामारीका कारण २ वर्षसम्म पूर्ण रुपमा ठप्प रहेका मेला महोसत्व यो वर्ष सञ्चालन गर्न पाइनेमा व्यवसायीक संघसंस्थाहरु ढुक्क रहेका थिए । २ वर्षसम्म मेला महोसत्व सञ्चालन गर्न नपाएका आयोजक संघ(संस्थाहरुले बुटवलमा हालै सम्पन्न भएको मेलाबाट उत्साहित हुँदै आफूहरुको मेला महोत्सव पनि राम्रै हुने अपेक्षा गरेका थिए ।

तर, कोरोना संक्रमणको जोखिम पुनः बढेसँगै सरकारले भौतिक रूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाएसँगै सबै तयारी पुरा भएका मेला महोत्सव पनि स्थगित हुने भएका हुन् । तिलोत्तमामा माघ १४ गतेदेखि व्यापार मेला आयोजना गर्ने तयारी रहेको थियो भने सैनामैना, देवदह र भैरहवा लगायतका स्थानमा पनि मेला महोत्सव सञ्चालन गर्न व्यवसायी संघ सस्थाले तयारी गर्दै थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सरकारले गरेको निर्णयको सबैले पालना गर्नु पर्ने बताउँदै कोरोना संक्रमणको दर बढी रहेको बेला मेला महोत्सव आयोजना गर्दो झन जोखिम हुने बताए । सरकारले भिडभाड कार्यक्रम गर्न रोक लगाएकाले रुपन्देहीमा पूर्व घोषित सबै मेला महोत्सव सञ्चालन गर्नका लागि जिल्ला प्रशासनले रोक लगाउने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

‘सरकारले कोरोना संक्रमणको दर बढि रहेकाले २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै कार्यक्रममा रोक लगाएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी तिवारीले भने ‘जिल्लामा सबै तयारी पुरा भएका मेला महोत्सव स्थगित हुन्छन् । साथै पछिल्लो समय भारतबाट आउने नेपालीमा कोरोना संक्रमणको धेरै देखिएकाले रुपन्देहीका सीमानाकामा परीक्षणको दायरा बढाउने बताए ।

प्रकाशित मिति : २७ पुस २०७८ मंगलबार ००:००  ५ : १९ बजे