६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

बर्दियामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



बर्दिया ।

बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको समाचार स्रोतका अनुसार जिल्लाको राजपुर नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका थारुले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८ आइतबार ००:००  १ : १७ बजे