७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिहान उठेपछि अनिवार्य गर्नुस् यी काम



एजेन्सी ।
बिहान छिटो उठ्नु राम्रो स्वास्थ्यको गुरुमन्त्र हो । तर बिहान उठ्नेबित्तिकै के गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

बिहान उठ्नेबित्तिकै काममा जोतिन थाल्दा दिनभरि थकान र छटपटी हुन्छ । यसले दिन बिगार्ने मात्र नभई अनेकथरी रोग पनि निम्त्याउँछ ।

यहाँ हामी बिहान उठ्नेबित्तिकै गर्नुपर्ने कामको बारेमा बताउनेछौं ।

मुख धुने
बिहान उठ्नेबित्तिकै पहिला सादा पानीले मुख धुनुस् । दिनको राम्रो शुरूआतका लागि अनुहार धुने र दाँत माझ्ने काम उपयुक्त हुन्छ ।

खाली पेटमा पानी
बिहान उठेपछि खाली पेटमा पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ र फोहरहरू निस्कन्छन् । यसले छाला पनि सफा राख्छ । बिहान पानी पिउँदा तपाईं दिनभरि ताजा अनुभव गर्नुहुन्छ । तौल घटाउन पनि पानी पिइरहनुपर्छ । दिनभरि पनि अन्तराल राखेर पानी पिउने गर्नुस् ।

प्रभात भ्रमण
प्रभात भ्रमण अर्थात् मर्निङ वाकका अनेकौं फाइदा छन् । यसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । तपाईंको मांसपेशी बलियो हुन्छ र तपाईं तन्दुरुस्त हुनुहुन्छ । बिहान उठेर व्यायाम गर्ने, हलुका दौडिने वा साइकल चलाउने गर्दा हृदयघात र अल्जाइमर जस्ता गम्भीर रोग लाग्न पाउँदैनन् । अनि शरीरको इम्युनिटी पनि बलियो हुन्छ ।

योग
बिहानै योग गर्दाका अनेकौं फाइदा छन् । योगले मांसपेशीको राम्रो व्यायाम हुन्छ । यसले तनाव पनि हटाउँछ र राम्रो निद्रा ल्याउँछ । अनि पाचन पनि सही गराउँछ । घाम लाग्नुअघि नै उठेर योग गर्ने गर्नुस् । तर योग गर्नुअघि हलुका दौडनु ठीक हुन्छ ।

ब्रेकफास्ट खाने
बिहान नित्यकर्म सकेपछि ब्रेकफास्ट खानुपर्छ । ब्रेकफास्टले तपाईंलाई दिनभरि फुर्तिलो बनाउँछ । पौष्टिक आहारयुक्त ब्रेकफास्ट लिने गर्नुस् ।

प्रकाशित मिति : ३ माघ २०७८ सोमबार ००:००  ८ : ३८ बजे