१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अबको एक महिना कोरोनाको कठिन अवस्था झेल्नुपर्छ :स्वास्थ्य मन्त्रालय



काठमाडौं ।

नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेकोसंख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुनेसक्छ । यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख ड। कृष्ण पौडेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  ३ : १३ बजे