४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द



भैरहवा ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मको लाग बन्द गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सूचना जारी गर्दै शान्ती सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता÷नविकरण, पेन्सन सिफारीस÷प्रमाणित, नाबालक परिचय पत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभए सम्मको लागी स्थगन गरेको जनाएको छ । प्रमुख जिल्ल अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य गरेको छ ।

कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आईसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भिडभाडभै कोभिड थप फैलिन सक्ने बताउदै प्रजिअले कार्यालय बन्द गरेको जनाए ।

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  ४ : १६ बजे