७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कर्मचारीमा कोरोना संक्रमण भएपछि मालपोत कार्यालय अर्घाखाँची बन्द



अर्घाखाँची ।

मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

कार्यालय प्रमुख माधव भुसालसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा माघ १३ गतेसम्मका लागि बन्द गरिएको हो।

कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारी उच्च जोखिममा रहेका र सेवाग्राहीसमेत जोखिममा पर्न सक्ने भन्दै सेवा बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८ शनिबार ००:००  १ : २३ बजे