१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनद्धारा केएमसी कलेजमा लगाए ताला



काठमाडौं।

चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज ९केएमसी०मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् ।

संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ ।

संयुक्त विद्यार्थीका तर्फबाट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले उनले भने, ‘एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको छ। अनि छात्राबासलाई निवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास हो।’

उनले विद्यार्थीहरुको जाजय मागको सम्बोधन नभए आन्दोलनले नै सबै विषयको छिनोफानो हुनेसमेत चेतावनी दिए ।

यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ ।

हेर्नुस् संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति

प्रकाशित मिति : ९ माघ २०७८ आइतबार ००:००  ३ : ५० बजे