१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पाल्पामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु



पाल्पा ।

कोरोनाको तेस्रो लहर सुरु भएपछि पहिलो पटक पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको रम्भा–४, हुमीनका ७२ वर्षीय पुरुष र तानसेन–५ का ९१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मिसन अस्पतालमा उपचारको क्रममा दुवै जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रम्भाका मृतकमा स्वासप्रश्वाससम्बन्धी दीर्घ समस्या र तानसेनका मृतकमा मुटुसम्बन्धी दीर्घ समस्या रहेको थियो ।

एन्टिजेन परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

कोरोनामा बिरामी बढेसँगै अस्पतालमा भर्ना हुने मानिसको संख्या वृद्धि भएको स्वास्थ्य कार्यालयका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए । पाल्पामा परीक्षण गरिएका मध्ये दैनिक ५० प्रतिशत बढीमा कोरोना संक्रमण देखिएको छ । पाल्पामा कोरोनाको सक्रिय संक्रमित ७ सय पुगेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८ शुक्रबार ००:००  १ : १६ बजे