४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगा वडा नम्बर १ का ज्येष्ठ नागरिकलाई कम्मल वितरण



कपिलवस्तु ।

केही समयदेखिको चिसो मौसमका कारण समस्यामा परेका वडा नम्बर १ का ज्येष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ अन्तरगत रहेका अति विपन्न ६४ जना ज्येष्ठ नागरिकलाई न्यायो कपडा (कम्मल) वितरण गरिएको हो ।
नवदुर्गा मन्दिर बैरियामा आयोजित कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष झलक बहादुर मल्ल र ज्येष्ठ नागरिक समाज वडा समितिका अध्यक्ष हिमालय भुसालले संयुक्त रुपमा ज्येष्ठ नागरिकलाई कम्मल वितरण गर्नुभएको थियो । सोही अवसरमा टोल विकास संस्थाका अध्यक्ष मार्फत वडाका सवै टोल टोलमा पुगेर ज्येष्ठ नागरिकलाई कम्मल वितरण भएको बताइएको छ ।

वडा नम्बर १ को बार्षिक बजेट अन्तरगत ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अनुसार ५० हजार बजेटबाट वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारीले जानकारी दिनुभयो । वडामा गठन भएको ज्येष्ठ नागरिक समाज र वडा कार्यालयको समन्वयमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७८ शनिबार ००:००  ८ : ४० बजे