३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

आज नर्सिङ दिवस मनाइँदै



काठमाण्डौ ।

आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।
नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा नर्सिङ्ग पेसा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् ।
नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वयम्सेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।

प्रकाशित मिति : १५ माघ २०७८ शनिबार ००:००  ९ : ३० बजे