२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित



काठमाण्डौ ।
आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन ।

यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ८ : ३२ बजे