२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

हिलबर्ट बोर्डिङको अध्यक्षमा पुनः दीपक खनाल



मायादेवी अनलाइन, जितपुर ।

हिलबर्ट इङ्ग्लिस बोर्डिङ्ग स्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः दीपक खनाल निर्वाचित हुनुभएको छ । सनिवार हिलवर्ट स्कुलमा सम्पन्न समितीको १२ औँ साधारण सभा तथा छैठौं अधिवेशनबाट खनाल अध्यक्षमा चयन हुनुभएको हो ।

यस्तै सञ्चालक समितिका सदस्यहरुमा विष्णु खनाल, बुद्धि राम पौडेल, शोभाखर पौडेल, घनश्याम भुषाल र कृष्ण प्रसाद पोखरेल चयन हुनुभएको छ ।
मायादेवी संग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष खनाललले कपिलवस्तुको शिक्षालाई थप गुणस्तर बनाउन नँया ढंगले कामगर्ने बताउनुभयो । खनालले भौतिक संरचनादेखि लिएर सबै चुस्त दुरुस्त नभएसम्म अभिभावकको विस्वास जित्न नसकिने भन्दै यस क्षेत्रको नमुना विद्यालय बनाउने पनि उद्घोष गर्नुभयो ।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ८ : ३५ बजे