२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन



बुटवल ।

संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा। थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  ८ : १३ बजे