७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थप ५ हजार २ सय ९२ जनामा कोरोना पुष्टि, आठ जनाको ज्यान गयो



काठमाण्डौ ।

लगातार तेस्रो दिन आज सोमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।

अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा आठ जनाको ज्यान गएको छ । थपिएका आठ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ४३ पुगेको छ ।

यस्तै थप तीन लाख ६६ हजार ६ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार सात जनाले कम्तीमा एक मात्रा, एक करोड ४२ लाख चार हजार दुई सय ७० जनाले दुई मात्रा र तीन लाख ६९ हजार दुई सय २६ जनाले ुबुस्टरु मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  ५ : ४६ बजे