३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

पूर्व सहायकमन्त्री सुवेदीको निधन



रोल्पा ।

पूर्व सहायकमन्त्री रेगबहादुर सुवेदीको ८३ वर्षको उमेरमा निधन भएको छ । जन्म घर रोल्पाको गजुलमा बस्दै आएका सुवेदीको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका उनी लामो समयदेखि दमका बिरामी थिए । विगत एक दशकदेखि उनी जन्म गाउँमै बसेर सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए । २०३५ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित उनी सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा भूमि सुधार सहायकमन्त्री भएका थिए । १९९७ सालमा बुबा चन्द्रकान्त र आमा पम्फादेवीका जेठा छोराका रुपमा उनी जन्मिएका थिए ।

पछिल्लो समय कांग्रेसमा आबद्ध उनी त्यसअघि राप्रपाको राजनीतिमा सक्रिय थिए । रोल्पाका पहिलो मन्त्री एवं राप्रपाका नेता बालाराम घर्तीमगरका अनुसार सुवेदी असल स्वभावका थिए । पञ्चायती राजनीतिमा आबद्ध भएका बेला सुवेदी तल्लो तह गाउँ देखि राष्ट्रिय पञ्चायतको पदाधिकारीमा लोकप्रिय मतले निर्वाचित भएका थिए ।

उनलाई पछिल्ला राजनीतिक युवाहरुले प्रेरक व्यक्तित्वका रुपमा बुझ्ने गरेका छन् । सुवेदीको दाहसंस्कार जन्म गाउँ गजुलमै मंगलबार गरिने उनका आफन्त अधिवक्ता दामोदर सुवेदीले बताए । सुवेदीका ७ छोरा छन् ।

प्रकाशित मिति : १८ माघ २०७८ मंगलबार ००:००  १ : ४७ बजे