३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पाल्पामा एक पुरुष मृत फेला



पाल्पा ।


तानसेन नगरपालिका ४ सिल्खानटोलस्थित तानसेन(गुल्मी सडकमा एक पुरूष मृत फेला परेका छन्।

तानसेन ४ बडिज्ञान टोलमा भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी शनिवार बिहान करिब ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा हिँडेको टोलीले गिरीको शव फेला पारेको थियो।

उनको स्थायी ठेगाना खुलेको छैन। उनी आफ्ना दाइसँग बसेर भारी बोक्ने काम गर्दथे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०७८ शनिबार ००:००  २ : २६ बजे