१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुसले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनमा सैन्य कानुन लागू गर्ने तयारी



एजेन्सी ।

रुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ ।

रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्नु भएको छ । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८ बिहिबार ००:००  १२ : २६ बजे