९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

रुसको बम आक्रमणबाट सात जनाको ज्यान गयो : युक्रेनी प्रहरी



काठमाण्डौ ।

रुसले गरेको बम आक्रमणमा सात जनाको ज्यान गएको युक्रेनको प्रहरीले बताएका बीबीसीले जनाएको छ । पोदिल्स्कमा रहेको एक सैनिक एकाइमा भएको आक्रमणमा ६ जना मारिएका र सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अन्य १९ जना हराइरहेका बीबीसीमा उल्लेख छ ।

युक्रेनी प्रहरीका अनुसार मेरियोपोलमा अर्का एक जनाको ज्यान गएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहीवार बिहान युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि रुसले युक्रेनका सैनिक एकाइहरूमा आक्रमण गरेको हो । युक्रेनले पनि यसको पुष्टि गरेको छ र केही ठाउँमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

यद्यपि रुसले भने नागरिक रहेका क्षेत्रमा आक्रमण नगरेको बताएको छ ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सदस्य राष्ट्रहरूले दुवै देशलाई संयम रहन सुझाव दिएका छन् । केही देशले कुटनीतिक माध्यमबाट समाधान निकाल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८ बिहिबार ००:००  २ : ३१ बजे