३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

महाभियोग खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिट दर्ता भएको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिए।

महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोकविक्रम चन्दलगायतले संवैधानिक रिट दर्ता गरेका हुन्।

रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका छन्।

रिटमा सङ्घीय संसद् सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८ शुक्रबार ००:००  ९ : ०७ बजे