१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



धनगढी ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–१ को मंगलपुुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा चालक गौरीगंगाका ३३ वर्षीय साजन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो । विकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८ शनिबार ००:००  ८ : ४७ बजे