१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इङ्ग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनले नर्विच सिटीलाई हरायो



काठमाण्डौ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–० गोलले हराएको हो ।

साउथह्याम्पटनका चे–एडम्स र ओरिओल रोमेउले एकरएक गोल गरे । जितसँगै साउथह्याम्पटनको २६ खेलमा ३५ अङ्क भएको छ ।

साउथह्याम्पटन लिगको नवौँ स्थानमा छ । समान खेलमा नर्विच १७ अङ्ककासाथ पुछारमा छ । ६३ अङ्ककासाथ म्यानचेस्टर सिटी शीर्षस्थानमा कायमै छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८ शनिबार ००:००  ९ : २८ बजे