४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मगर दिवसको अवसरमा पाल्पामा सार्वजनिक बिदा



पाल्पा ।

पाल्पाका नौ स्थानीय तहले ४० औं मगर एकता दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् ।

पाल्पाको निस्दी गाउँपालिकाले भने गाउँ कार्यपालिकाको बैठकबाट आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा दिएपछि पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहने स्थानीय तहले निकालेको सूचनामा जनाइएको छ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सार्वजनिक सूचना अनुसार मगद दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिइएको हो । मगर दिवसका अवसरमा स्थानीय तहले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८ आइतबार ००:००  १२ : ०१ बजे