४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा,कानुनी प्रक्रिया सुरू हुँदै



काठमाडौं ।

नेपाली चलचित्रका नायक पह शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जवरजस्ती करणीको आरोप लागेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेश लोहनीले अब कानुनी प्रक्रिया सुरू हुने जानकारी दिए । म्याद थपलगायत प्रक्रिया आजबाट सुरू गरिने उनको भनाइ छ ।

शाहले आज सामाजिक सञ्जाल फेसबुकमा आज आफै प्रहरीसामु उपस्थित हुने बताएका थिए ।

शाह विरुद्ध १७ वर्षीय एक गायिकाले तनहुँ प्रहरीमामा फागुन ११ गते जबरजस्तीकरणीको उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८ आइतबार ००:००  १ : ०१ बजे