४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मेडिकल कलेज प्रभासको क्यान्टिनमा काम गर्ने युवती मृत फेला



बुटवल ।

पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको क्यान्टिमा कार्यरत एक युवती मृत अवस्थामा फेला परेकि छन् । शुक्रबार दिउँसो तानसेन ७ प्रभास स्थित आफ्नै डेरा गरि बस्ने कोठामा युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रम्भा गाउँपालिका(२ फोक्सिङकोट घर भई हाल तानसेन(७ प्रभास बस्दै आएकी २१ वर्षीया कृष्णमाया बराल कोठा भित्र झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रभासस्थित स्थानीय कुल बहादुर खत्रीको घरमा युवती बस्ने गरेकी थिइन् ।

लुम्बिनी मेडिकल कलेजको क्यान्टिनमा काम सकेर कोठामा गएको र पुनः काममा आउन ढिलो गरेपछि उनका साथिहरु कोठामा गई ढोका खोल्नभन्दा नखोलेपछि स्थानीयलाई खबर गरेका थिए । स्थानियहरुको उपस्थितीमा ढोका खोली हेर्दा सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थाका भेटिएको परहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८ आइतबार ००:००  १ : २७ बजे