४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नयाँ बानेश्वर तीनकुने सडक खण्डमा गाडी डाइभर्सन



काठमाण्डौ ।

संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ ।

नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको प्रहरीले जनाको छ । यो रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ । संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८ सोमबार ००:००  १२ : १५ बजे