४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बलात्कारको मुद्दा पछि प्रहरीको फरार सुचीमा रहेका सांसद बानियाँ पक्राउ



काठमाडौं ।

बलात्कारको आरोप पछि प्रहरीको फरार सुचीमा रहेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्।

जुम्लाकी ४० वर्षीया शिक्षिकलाई नेपालगञ्जको अप्सरा होटलमा बोलाएर बानियाँले जबरजस्ती करणी गरेको भन्दै सांसद बानियाँ विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।

बानियाँ बहालवाला सांसद भएका कारण कानुनी प्रकृया पूरा गरि जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको थियो।

बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरी नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले बताए।

पीडित शिक्षिकले दिएको जाहेरीमा आफूले सापटी दिएको २५ लाख रुपैया लिन अप्सरा होटलमा बोलाएको र त्यही होटलमा जबरजस्ती करणी गरेको दाबी गरेकी छिन्।

आरोपित बानियाँले भने महिलाले लगाएको आरोप झुट भएको र आफुलाई फसाउन खोजिएको बताउदै आएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७८ मंगलबार ००:००  ८ : १३ बजे