३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

युक्रेन युद्ध प्रभाब : नेपालमा खाने तेलको मूल्यमा वृद्धि



काठमाडौँ ।

रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुुलुुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो ।
ब्मखभचतष्कझभलत

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् । युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक र बिक्रेताले मूल्य बढाउन थालेका छन् । अहिले बजारमा खाने तेलको मूल्य प्रतिलिटर १० देखि २० रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव अमुल तुलाधरले पछिल्लो एक सातामा नै खाने तेलसँगै बजारमा चामल, चिनी लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुकोे मूल्य बढेको दाबी गर्नुभयो । उद्योगी तथा ठूला व्यापारीलाई वस्तुको मूल्य बढाउन कुनै आधार नचाहिने भन्दै उनले युक्रेनको युुद्ध सुुरु हुनेवित्तिकै बहाना बनाएर खाने तेल र अन्य उपभोग्य वस्तुको मूल्यवृद्धि गरिसकेको बताए ।“सरकारको नियमनकारी निकाय युुक्रेनको युद्ध सुुरु हुनेवित्तिकै उद्योगीले खाने तेलको मूल्य बढ्दासमेत चुपचाप बस्नुु कति जायज हो रु” उजले प्रश्न गरे । सङ्घका अनुसार केही समयअघि मात्र खाने तेलको मूल्य प्रतिलिटर ४० रुपियाँसम्म बढेको थियो । फेरि युक्रेनमा युद्धको असर भन्दै पुनः मूल्य बढाउन थालेका हुन् ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने पछिल्लो समय तेलको मूल्य थोरै बढ्न थालेको भन्ने हल्ला सुुनेको र यस विषयमा चनाखो रहेको जनाएको छ । विभागका बजार निरीक्षक धनेश्वर पौडेलले केही समयअघि बढेको तेलको मूल्यको विषयमा विभागले अध्ययन गरिरहेको बताए ।भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साता महिनामा युक्रेनबाट नौ अर्ब ५१ करोड ६३ लाख रुपियाँको पाँच करोड ७३ लाख ६४ हजार केजी सनफ्लावर तेलको कच्चापदार्थ आयात भएको छ । नेपालमा सनफ्लावर तेलका लागि आवश्यक पर्ने कच्चापदार्थको अधिकांश आपूर्ति युक्रेनबाट नै हुने गरेको उद्योगीले बताएका छन् ।

माघ मसान्तसम्म नेपालले युक्रेनबाट मात्रै १७ अर्ब रुपियाँभन्दा बढीको वस्तु आयात गरेको छ । नेपालले युक्रेनबाट तेलका लागि आवश्यक पर्ने कच्चापदार्थ, सुन तथा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले युक्रेनबाट नेपालमा खपत हुने सनफ्लावर खाने तेलको कच्चापदार्थ आयात गरिँदै आएको र यो सङ्कट धेरै लम्बियो भने नेपाली भान्सामा असर पर्ने बताए । नेपालमा खाने तेलको मागको झन्डै ५० प्रतिशत बजार सनफ्लावर तेलले धानेको हुँदा यसको कच्चापदार्थ आयातमा लामो समय रह्यो भने यसको असर स्वाभाविक रूपमा देखिने उनको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८ मंगलबार ००:००  ११ : ३२ बजे