१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सर्वाधिक राशिको खप्तड गोल्डकप आजदेखिः उद्घाटन खेलमा मनाङ र दिल्ली फुटबल क्लब खेल्दै



काठमाण्डौ ।

सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब खेल्दैछन् ।

खेल दिउँसो २ बजे धनगढी रङ्गशालामा सुरु हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, वाग्मती युथ क्लब, न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन् ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले हिजो पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  ८ : १४ बजे