८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता आज हुँदै



काठमाडौं

रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ।

रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्। वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।

जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन्। वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।

साथै आज हुने वार्तामा दुवै पक्षले युद्धविरामको सम्भावना र मानवीय करिडोरको स्थापनाका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ। गत सोमबार बेलारुसमा सम्पन्न पहिलो चरणको वार्ता विनानिष्कर्ष टुंगिएको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु गरेको छ। रुसले युक्रेनी मुख्य सहरहरूमा आफ्नो आक्रमणलाई तीब्रता दिंदै उत्तर, पूर्व र दक्षिण तर्फबाट लडाइँ गरिहरहेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  १२ : २० बजे