९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा



मायादेवी अनलाइन, जितपुर ।

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा भएको छ । बिहिबार संस्थाको आफ्नै सभाहलमा सहकारीका सेयर सदस्यबीच सहकारीको अर्ध वार्षिक समिक्षा गरिएको हो ।

कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष सर्य कुमारी शाहीले बोल्दै बचत तथा ऋणमा जिल्लाकै अग्रहणी भुमिकामा आउन सफल सहकारीलाई दिगो बनाउने गरी लाग्नुपर्ने बताउनुभयो । उहाले सहकारीलाई जिल्ला तथा प्रदेशमा मात्र नभएर देशकै नमुना सहकारीको रुपमा स्थापित गर्नतर्फ सबै एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहकारीका बयवस्थापक हरिलाल शर्माले सहकारी सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो ।

यस्तै सहकारीका अध्यक्ष इन्दीरा भट्राइले सहकारीमा अहिले नियमित बचत भैरहेको भन्दै यसको दायरालाई बढाउनुपर्ने बताउनुभयो । बिजुली, इन्टरनेट लगाएतको बिल सहकारीबाटै तिर्ने र सहकारीको आम्दानीलाई बृद्धी गर्नुपर्ने बताउनुभयो । १० रुपैया बाट सुरु भएको सहकारी अहिले यो स्थानसम्म आएको भन्दै यसको श्रेय सम्पूर्ण सेयरसदस्यलाई जाने बताउनुभयो ।

सहकारीका उपाध्यक्ष प्रकाश घिमिरेले सेयरसदस्य बढाउदै शेयरमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाले समुहमा अनुशासन कायम हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सेयरसदस्य रुपा राई, पार्वती सुनार, जीतमाया थापाले बोल्दै सिद्धार्थले झुपडी देखि महल सम्मका सबैलाई समान ब्यवहार गरेको बताएका थिए । उनिहरुले अनुशासन कायमगर्नुपर्नेमा जोड दिएका थिए । सहसचिव विमला थारुको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव अम्बिका थापाले गर्नुभएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  ६ : ३९ बजे