९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुले मनायो श्रमिक महिला दिवस



अनिस बन्जाडे, कपिलवस्तु ।

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कपिलवस्तु सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

दिवसको अवसरमा आज कपिलवस्तुका विभिन्न पालिका, राजनैतिक दलका भातृ संगठन तथा महिला संग सम्बन्धीत संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरे ।

यसैबिच मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुले एक बिशेष कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ ।
बाणगंगाको सिद्धार्थ सहकारीको सभाहलमा सिड्स कार्यक्रम अन्तर्गत एकल महिलाहरुको संजाल गठन, बर्तमान नीति तथा कानुनको बारेमा अन्र्तक्रिया तथा मट्कीफोर प्रतियोगिता आयोजना गरी दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा प्रमुख अतिथी ईन्दिरा भट्टराईले लुम्बिनी प्रदेशमा महिलाहरुको बर्तमान अवस्थाका बिषयमा जानकारी गराउनु भएको थियो । यस्तै उहाँले प्रदेशमा महिलाको अवस्था दयनिय रहेको बताउँदै यसको पुनरुत्थानका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरेले पहिलेको तुलनामा अहिले महिलाको अवस्थामा सुधार हुँदै गएको भएपनि त्यो प्रर्याप्त नरहेको बताउनुभयो । महिला पुरुष दुबैको साथ र सहयोगबाट मात्रै महिला हिंसा लगाएतका समस्याहरु समाधान हुने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रम मानव अधिकारका लागि महिला, एकल महिला समुह जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष रुपादेबी राईको अध्यक्षता, सिद्धार्थ सामाजिक बिकास संस्थाका उपाध्यक्ष त्रिलोचन घिमीरकोे बिशिष्ट आतिथ्यतामा भएको हो । कार्यक्रममा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक हरिलाल शर्मा, बाणगंगा मौरीपालन समुहकी अध्यक्ष सुशिला पौडेल, बाणगंगा नगरपालिका भित्र रहेका बिभिन्न वडाका महिला अगुवा लगाएतको उपस्थिती रहेको थियो ।

यस्तै सोही अवसरमा मट्कीफोर प्रतियोगिता पनि सम्पन्न गरिएको छ । प्रतियोगितामा महिलाहरुको उत्साहपूर्ण सहभागिता थियो ।
कार्यक्रमको सन्चालन मानव अधिकारका लागि महिला, एकल महिला समुह जिल्ला शाखा कपिलवस्तुका सह सचिब शोभा आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८ मंगलबार ००:००  ७ : ४३ बजे