९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

वायुसेवा निगमलाई साउदी अरेबियाको उडानको अनुमति



काठमाडौँ ।

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।

निगमलाई साउदीको नागरिक उड्डयन कार्यालय जनरल अथोरिटी अफ सिभिल एभिएसन रियादले त्यहाँका तीन वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

यस क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहित चार जना कर्मचारी साउदी जानु भएको थियो । निगमले चैतदेखि पहिलो चरणमा काठमाण्डौ–रियाद–काठमाण्डौ हप्तामा तीन दिन उडान गर्ने एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि साउदीमा हिमालय एअरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ ।

साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८ शुक्रबार ००:००  ११ : ५६ बजे