८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

राप्रपा नेपालको तीन जिल्लामा अध्यक्ष चयन



काठमाडौं ।


राप्रपा नेपालले तीन जिल्लामा अध्यक्ष चयन गरेको छ।

सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिती गठन भएको छ भने शेरचनको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ।

यसैगरि धादिङ जिल्लामा लोसपा जिल्ला कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ। लोसपा परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन्। हिजो मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो।

जनवर्गीय संगठनहरुमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  १० : १५ बजे