५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लायन्स क्विजको उपाधि जनता माविलाई, दोश्रा बाल मावि र तेश्रो ज्ञानपुञ्ज




मायादेवी अनलाइन, चारनम्बर ।

लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सम्पन्न बाणगंगा नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी जनता मावि पिपराले जितेको छ । मायादेवी रिसोर्टमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बाल मावि वैरीया द्धितीय तथा ज्ञानपुञ्ज ईङ्गलीस बोर्डिङ स्कुल राजपुर तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक क्लवका प्रथम उपाध्यक्ष केशव सापकोटाले जानकारी दिनुभयो ।

प्रतियोगितामा बाणगंगा नगरपालिकाका १५ विद्यालयहरुले सक्रिय रुपमा सहभागीता जनाएका थिए । प्रतियोगितामा शिक्षा, स्वास्थ्य, ईतिहास, विज्ञान गणित तथा आई।क्यु।, भुगोल लगायत विविध बिषयहरु समावेश गरि विभिन्न चरणमा प्रश्न सोधिएको थियो ।

हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण पत्रकार चन्द्रकान्त न्यौपाने र जनता माविका शिक्षक मोहन अर्यालले गनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव बाबुराम भट्राईले यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता वृद्धि गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि भट्राईले विजेता टिमहरुलाई धन्यवाद दिंदै लायन्सले नगरमै अहिले सम्मको ठुलो हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण केसी, जोन चियर पर्सन सुरेन्द्र घिमिरे, अतिथि बाणगंगा माविका शिक्षक छबि घिमिरेले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालले लायन्स क्लवले सामाजिक तथा मानवीय कार्य निरन्तर रुपमा गरेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका भुसालले शिक्षा क्षेत्रमा अझ टेवा पुग्ने गरी विद्यार्थीहरुको क्षमता प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । लायन्सले आगामि दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्लवका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, प्रथम उपाध्यक्ष केशव सापकोटाको स्वागत तथा कोषाध्यक्ष नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स र लियोका पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  ८ : १७ बजे