१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित



सर्लाही ।

नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी हुनुभएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ । रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन् ।

उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवले १ हजार ७६४ मत र संस्थापन इतरका नविन अधिकारीले १ हजार ४९३ मतका ल्याएर विजयी हुनुभएको छ । संस्थापनका उपसभापतिका प्रत्यासी शेख शादुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ मत र मनोज यादव १ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको छ । संस्थापन इतरका सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ मत र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र ल्याउनु भएको छ । त्यसैगरी सह–सचिवमा संस्थापनका नै इन्द्रबहादुर योञ्जन १ हजार ७११ मत र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभएको छ ।

मतगणना हुन बाँकी रहेका जिल्ला सदस्यहरुको मतगणना रातिबाटै सुरु भएको छ । यसअघि सर्लाहीमा कांग्रेसको १४ औँ अधिवेशनको पटकपटक मिति तोकिए पनि स्थगित हुँदै आएको थियोे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८ सोमबार ००:००  ८ : ५१ बजे