२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

स्काइलार्क स्कुल ओदारीका सबै कक्षामा अब कर्नर लाइब्रेरी



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीमा रहेको स्काइलार्क इङलिस बोर्डिङले जिल्लामा नयाँ अभ्यासको थालनी गरेको छ ।
विद्यालयमा कक्षा ३ देखि १० सम्म पढ्ने विद्यार्थीका प्रत्येक कक्षामा कर्नर लाइब्रेरी बनाएर स्काइलार्कले नयाँ अभ्यासको थालनी गरेको हो ।
बुधबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय तौलिहवाका प्रमुख थानेश्वर घिमिरेले कर्नर लाइब्रेरीको उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दै प्रमुख अतिथि घिमिरेले कर्नर लाइब्रेरी अवधारणा जिल्लामा पहिलो भएको बताउनु भयो । नेपाल सरकार शिक्षा मन्त्रालयले यो अवधारण सुरु गरेको भए पनि मुलकका धेरै विद्यालयले लागु गर्न नसकेको प्रसंग कोट्याउँदै उहाँले यसले विद्यार्थीलाई थप अध्ययनशिल र सिर्जनात्मक बनाउने बताउनु भयो ।

उहाँले कर्नर लाइब्रेरी बन्नु ठुलो कुरा नभएको बताउँदै उपयोगी किताव संकलन गरी राख्नु महत्वपूर्ण हुने बताउँदै सोही अनुसार गर्न विद्यलाई सुझाउनु भयो ।
अब विद्यालयको चौघेराको पढाइले मात्र नहुने भन्दै उहाँले विद्यार्थीको ब्यवहार परिवर्तन गरी प्रतिभा प्रष्फुटनमा हरेक विद्यालयले सघाउनु पर्ने बताउनु भयो ।

विशिष्ट अतिथि विद्यालयका प्रमुख सल्लाहाकार रवि बहादुर काफ्ले र रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले नयाँ अवधारणमा स्कुल अगाडी बढेकोमा बधाई र शुभकामना दिँदै पुस्तकालयको सही उपयोग गर्न सुझाउनु भयो ।

विद्यालयका प्रचाचार्य तोलाकान्त डुम्रेले जिल्लाको शिक्षा विकासमै आफुले केही नौलो गर्न खोजेको बताउनु भयो । कर्नर पुस्तकालयमा पठनपाठनका अतिरिक्त अन्य ज्ञानवद्धक पुस्तक पनि राखिने जानकारी दिनुभयो ।

विद्यालय, शिक्षक र कर्मचारीको जन्म दिन या विशेष उत्सवमा ती कर्नर पुस्तकालयमा पुस्तक थप्दै अगाडी जाने पनि उहाँको भनाई छ ।
कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक दुर्गा पौडेलले एसक्यूसी कार्यक्रमको महत्व र विद्यार्थीका अन्य ५ समुहले पनि एसक्यूसीमा भाग लिँदा गरेका कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको संचालन शिक्षक केशव पुरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ७ : २९ बजे