८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

स्वर्गीय थापाको स्मृतिमा शुद्धोधनका विद्यार्थीलाई १ लाख बराबरको छात्रवृत्ति प्रदान



बाबुराम रायमाझी, भलवाड ।
बाणगंगा ९ जिनुवा निवासी हाल युके मा रहनु भएका कृष्ण बहादुर थापाबाट निजका स्वर्गीय बुबा गिरमानसिंह थापा र तिल कुमारी थापाको स्मृतिमा १० जना गरिब जेहेन्दार विद्यार्थीलाई छात्रृत्ति प्रदान गरिएको छ । शुद्धोधन माध्यमिक विद्यालयमा अध्ययनरत अनुशासित, गरिब, जेहेन्दार, दलित र जनजाति गरी १० जना विद्यार्थीलाई जनही १० हजारका दरले स्वर्गीय बुबा गिरमानसिंह थापा र आमा तिल कुमारी थापाको स्मृति अक्षय कोष समितिका अध्यक्ष ठमनसिंह थापा वडाध्यक्ष धु्रव लेल्वासेले संयुक्त रुपमा १ लाख बराबरको छात्रवृत्ति प्रदान गरेका थिए ।
सो छात्रवृत्ति बिगत ३ बर्षदेखि निरन्तर रूपमा प्रदान गरिदै आएको अक्षय कोष समितिका सदस्य जंजिर प्रसाद चौधरीले बताएका थिए । कार्यक्रममा विधालय ब्यवस्थापन समितिका पुर्ब संस्थापक अध्यक्ष हरिराज घिमिरे, जसपाका केन्द्रिय सदस्य नारायण खनाल, शुद्धोदन माबिका प्रद्यानाध्यापक अनिता कंडेल, वडाध्यक्ष धु्रव बेल्बासे, भलवाड स्वास्थ्य प्रमुख जितविकास रायमाझी, राप्रपाका केन्द्रिय सदस्य धु्रव रायमाझी लगायतले थापा परिवारले विधालय शिक्षामा छरेको ज्योतिले विधालयलाई थप टेवा पुग्नुको साथै छात्रवृत्तिले विद्यार्थीलाई शिक्षा आर्जनका साथै उज्जवल भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा बताएका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरु, शिक्षक, समाजसेवी, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रम विधालयकि शिक्षिका रामप्यारी पौडेलको सहजीकरणमा सप्पन्न भएको थियोे ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  १० : ४९ बजे