१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै



काठमाण्डौ ।
त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियो । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो ।

यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल पर्सि पीएनजीसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७८ मंगलबार ००:००  ८ : २२ बजे