१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

त्रिदेशीय टी २० क्रिकेटमा आज नेपाल र मलेसिया खेल्दै



काठमाण्डौ ।

त्रिदेशीय टी २० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८ बुधबार ००:००  ७ : ३७ बजे