५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

आईपीएल क्रिकेटमा कोलकत्तालाई दोस्रो जित, पन्जाब ६ विकेटले पराजित



काठमाडौँ ।

कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता विजयी भएको हो ।

पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । कोलकत्ताको जितमा आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस आयरले २६, साम विलिङ्सले २४ र अजिन्के रहानेले १२ रन बनाए । पन्जाबका राहुल चाहरले २ विकेट लिए भने कगिसो रबडा र ओडेन स्मिथले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रन बनाएको थियो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रनको योगदान गरे भने कागिसो राबडाले २५, लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिए । यस्तै, टिम साउथीले २ तथा शिभम माभी, सुनिल नरिने र आन्द्रे रुसेलले एक एक विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८ शनिबार ००:००  ७ : ५८ बजे