१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार तल



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार जनाभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय ४२ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ६० जनाको नमुना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

पछिल्लो २४ घण्टामा ५६ हजार नौ सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८ शनिबार ००:००  ५ : २१ बजे