१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित



काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । हिजो बेलुकी गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

पुणेमा एक सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । २ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ तालिकाको चौथोे स्थानमा छ ।

यस्तै हिजै भएको खेलमा राजस्थान रोयल्सले पनि लगातार दोस्रो जित निकालेको छ । मुम्बईमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो । राजस्थानले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनायो । यो जितसँगै राजस्थान दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  ८ : १५ बजे