१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो



सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएकोे छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो ।

मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएकोे प्रहरीले जनाएको छ । घाइते भएका मीनबहादुरको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८ सोमबार ००:००  ७ : ५२ बजे